नवलपरासी जिप दुर्घटना अपडेट: मृतक चारै जनाको सनाखत « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

नवलपरासी जिप दुर्घटना अपडेट: मृतक चारै जनाको सनाखत


१६ मंसिर २०७९, शुक्रबार


नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा मृत्यु भएका चारै जनाको सनाखत भएको छ ।

दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४-००१ज-०००६ नंको जिप हुप्सेकोट गाउँपालिका-५ धौवादीको कान्छीपानी नजिकै बिहीबार साँझ दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको थियो ।

दुर्घटनामा परी मृत्यु हुनेमा बुलिङटार गाउँपालिका–६ का ६० वर्षीय होमबहादुर रानाभाट, बुलिङटार-५ राइकोटकी ६७ वर्षीया मनसभा बराल, बौदीकाली गाउँपालिका-२ की २८ वर्षीया केसरी दराई र ५८ वर्षीय यामबहादुर ठाडा रहेका प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका आठ जनाको चितवनमा उपचार भइरहेको छ । घाइते हुनेमा चालक दुर्गाबहादुर विरकट्टा, फूलमाया कुमाल, सुनिता रानाभाट, निश्चल रानाभाट, खेमचन्द्र दरई, सजन दरई, सुना सुनार र उत्तम क्षेत्री छन् ।

जिपको ब्रेक फेल भएर भित्तामा ठोक्किएर सडकबाट करिब तीन सय मिटर तल खसेको जिपका सहचालक देवबहादुर नेपालीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस