नयाँ सरकार गठबन्धनबाटै बन्छ : माधव नेपाल « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

नयाँ सरकार गठबन्धनबाटै बन्छ : माधव नेपाल


१३ मंसिर २०७९, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वाम गठबन्धन गरेर सरकार बनाउने सम्भावना आफूले नदेखेको बताएका छन्।

आज पार्टी कार्यालयमा भएको सचिवालय बैठक सकेर बाहिरिँदै गर्दा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले अहिलेकै गठबन्धनबाट नयाँ सरकार बन्ने बताए।

‘वाम गठबन्धन गरेर सरकार बन्ने सम्भावना म देख्दिनँ,’ उनले भने, ‘अहिलेकै गठबन्धन दलहरूबिच सहकार्य गरी अघि बढ्ने हामीले ठानेका छौँ।’

उनले अब को प्रधानमन्त्री बन्ने भन्नेबारे अहिले नै गठबन्धनभित्र छलफल भई नसकेको बताए। केही ठाउँमा पुनस् मतदान र मतगणना नै बाँकी रहेकोले यसका लागि छलफल गर्ने समय रहेको उनको भनाइ थियो।

आज सचिवालय बैठकमा चुनावी समीक्षा पनि भएको उनले बताए। विशेष गरी इलाम १ र उदयपुर २ बारे समीक्षा भएको उनको भनाइ थियो। इलामबाट झलनाथ खनाल र उदयपुरबाट जगन्नाथ खतिवडा पराजित भएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस