कितियाले सगरमाथामा खिचेको हिउँ चितुवाको तस्बिर नक्कली ! « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

कितियाले सगरमाथामा खिचेको हिउँ चितुवाको तस्बिर नक्कली !


१० मंसिर २०७९, शनिबार


काठमाडौँ । अमेरिकी फोटोग्राफर कितिया पावलोव्स्कीले सगरमाथा क्षेत्रमा खिचेको भनिएको हिउँ चितुवाको तस्वीर नक्कली भएको दाबी गरिएको छ।

तीन तस्बिर नक्कली पृष्ठभुमिमा खिचिएको प्रमाण भएको भन्दै अल्पाइन म्यागाजिनले शुक्रबार प्रकाशित गरेको समाचारले अमेरिकी कितिया पावलोव्स्की नै नक्कली भएको अनुमान गरेको छ।

यस अगाडि कुनै वन्यजन्तु फोटोग्राफीमा काम गरेको तस्बिर पनि नभएको भन्दै म्यागाजिनले फोटोग्राफर नै नक्कली भएको उल्लेख गरेको छ। म्यागाजिन भन्छ, ‘किटिया वन्यजन्तु फोटोग्राफीमा भन्दा फोटोसपमा अब्बल देखिएकी छिन्।’

उनको इन्टाग्राममा प्रयोग भएर विभिन्न मिडियामा आएको तस्बिर विभिन्न तस्बिरहरुको जोडजाड भएको म्यागाजिनले अरु तस्बिरको तुलना गरेर राखेको छ।

फ्रान्सेली र अङ्ग्रेजी भाषाको म्यागाजिनले स्थापित अन्तर्राष्ट्रिय फोटोग्राफरको तर्कमा पनि तस्बिर नक्कली भएको उल्लेख गरेको छ।

कितियाले आफ्नो ब्लगमा राखेका तीन तस्वीरलाई अल्पाइन म्यागाजिनले सूक्ष्म विश्लेषण गरेको छ। तीमध्ये ७ हजार १ सय ६१ मिटरमा खिचेको भनिएको फोटोको पृष्ठभूमि पनि सम्पादन गरिएको उल्लेख छ।

हिउँ चितुवाहहरू ५५ सय मिटरभन्दा माथि नजाने विज्ञको भनाइका आधारमा म्यागाजिनले तर्क गरेको छ। अर्को एक तस्वीरमा त्यतिमाथिको उचाइँमा परेवा उडेको देखाइएको र त्यसलाई अप्रत्याशित भनिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस