मुस्ताङमा विप्लवका दुई कार्यकर्ता पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मुस्ताङमा विप्लवका दुई कार्यकर्ता पक्राउ


२८ कार्तिक २०७९, सोमबार


पक्राउ

जोमसोम । नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (विप्लव)समूहका दुई कार्यकर्तालाई मुस्ताङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

निर्वाचन विरोधि गतिविधि गरेको भन्दै विप्लवका दुई कार्यकर्तालाई मुस्ताङको घरपझोङ गाउँपालिका-१ छैरोबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन बहिष्कार गरौं, निर्वाचन खारेज गर लगायतका निर्वाचन विरोधी सन्देश प्रवाह गर्ने,पर्चा पम्प्लेट टाँस्ने र भित्ते लेखन गर्दै हिँडिरहेको अवस्थामा नेकपा विप्लव समूहका मुस्ताङ जिल्ला इञ्चार्ज शुशिला विक र प्रकाश विकलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको मुस्ताङका प्रहरी नायव उपरीक्षक रविन्द्रनाथ पौडेलले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस