२२औँ फिफा विश्वकप : नेपालमा प्रत्यक्ष प्रसारण अन्योल « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

२२औँ फिफा विश्वकप : नेपालमा प्रत्यक्ष प्रसारण अन्योल


२४ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । सर्वोच्च अदालतको आदेशपछि मंसिर ४ गतेदेखि कतारमा हुने २२औँ फिफा विश्वकपको नेपालमा प्रत्यक्ष प्रसारण अन्योलमा परेको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफासँग नेपालका लागि प्रसारण अधिकार खरिद गरेको मिडिया हबले विश्वकपका ६४ खेल हेरेबापत प्रयोगकर्ताले ५ सय रुपैयाँ शुल्क उठाउने तयारी गरेको थियो । सोहीअनुरूप विश्वकपको ग्राहक प्याकेज बिक्रीको प्रक्रिया अघि बढाएको थियो । त्यसविरुद्ध परेको मुद्दामा मंगलबार सर्वोच्च अदालतले ‘थप दस्तुर’ उठाउन खोजेको भन्दै यथास्थितिमा राख्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

अल्पकालीन अन्तरिम आदेश जारी गर्नेक्रममा अदालतले मिडिया हबलाई कात्तिक ३० गते उपस्थित हुन आदेश गरेको छ । कतारमा विश्वकप हुन चार दिनको मात्र समय राखेर बोलाइएकाले नेपालमा विश्वकपको प्रसारण अन्योलमा परेको हो । अदालतको आदेशले विश्वकपको प्रसारण अन्योलमा परेको प्रसारण अधिकार खरिद गरेको मिडिया हबले जनाएको छ ।

फिफाबाट दक्षिण एसियाका लागि प्रसारण अधिकार प्राप्त गरेको भायकम १८ लाई हालसम्म मिडिया हबले २५ करोड रुपैयाँ भुक्तानी गरिसकेको र स्थानीय तहमा झन्डै थप ५ करोड रुपैयाँ खर्च भइसकेको हबको भनाई छ । विश्वकप नेपालमा देखाउनका लागि झन्डै ४५ करोड रुपैयाँ लागत लाग्ने जनाइएको छ ।

फिफाले विश्वकपका खेलहरूको प्रसारणमा नेपालको ‘टेरिटोरी लक’ गर्ने भएकाले मिडिया हबबाहेक नेपालमा अरू कुनै पनि माध्यमबाट कतार विश्वकप हेर्न नपाइने उसको दाबी छ ।

सम्बन्धित समाचार : विश्वकप फुटबल हेर्न अतिरिक्त शुल्क लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

Tags :
प्रतिक्रिया दिनुहोस