प्रचण्डजीहरु नै प्रतिगमनकारी हो : मोहन वैद्य « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

प्रचण्डजीहरु नै प्रतिगमनकारी हो : मोहन वैद्य


२३ कार्तिक २०७९, बुधबार


काठमाडौँ । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै प्रतिगमन गरेको आरोप लगाएका छन् ।

बुधबार काठमाडौँस्थित शान्तिवाटिकामा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल), नेकपा (बहुमत) र माओवादी कम्युनिस्ट पार्टी, नेपालको संयुक्त सभामा उनले प्रचण्डहरूले नै मौलिक हक उपयोग गर्न नदिएर प्रतिगमन गरिरहेको बताएका हुन् ।

‘हामी बहिस्कारवादीलाई किन लाग्ने त्यो आचारसंहिता ? भन्छन् लोकतन्त्र, शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्दा खेरी माइक भाँचिदिने, पर्चा, पम्प्लेट लुट्ने, नेता, कार्यकर्ताहरूलाई गिरफ्तार गरेर राख्ने । यो के तरिका हो ? यही हो लोकतन्त्र ?’ वैद्यले प्रश्न गरे, ‘प्रचण्डजीहरु भन्नुहुन्छ प्रतिगमनको विरुद्ध। यहाँभन्दा ठूलो प्रतिगमन के हो ? जनताको मौलिक अधिकारलाई खोस्ने, अनि कुन प्रतिगमनका विरुद्ध लड्ने हो ? प्रतिगमन त उहाँहरूले नै गरिरहनुभएको छ । यो के लोकतन्त्र हो ? लोकतन्त्र फाँसीवादतिर गइराखेको छ ।’

उनले नयाँ क्रान्तिको तयारीका लागि मंसिर ४ गतेको निर्वाचन बहिस्कार गरेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस