काठमाडौँ महानगरभित्र १ हजार ४८० वटा योजना स्वीकृत  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

काठमाडौँ महानगरभित्र १ हजार ४८० वटा योजना स्वीकृत 


२० कार्तिक २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वार्षिक खरिद गुरुयोजनाका लागि योजनाको प्याकेजिङ/स्लाइसिङ्का विषयमा छलफल भएको छ । आइतबार महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीको अध्यक्षतामा विभागीय प्रमुख र परामर्शदाता सामयिक सेवा केन्द्रका अधिकारीबिच छलफल भएको हो ।

छलफलमा प्रमुख प्रशासकीय अधिकृत अधिकारीले, महानगरको वार्षिक कार्यक्रम कार्यान्वयनका लागि कार्य योजना र खरिद गुरुयोजना अन्तरसम्बन्धसित भएको बताए । छलफलमा नगर सभाबाट वडा, विभाग, आयोजना र कार्यक्रमका स्वीकृत योजनामध्ये एउटै प्रकारका योजनालाई प्याकेज बनाएर खरिद गर्ने विषयमा छलफल भएको थियो ।

यस क्रममा परामर्शदाताबाट प्रकृति मिल्ने योजनालाई संयुक्त र नमिल्नेलाई एकल योजनाका रूपमा प्रस्ताव पेस भएको थियो । विभागीय प्रमुख तथा कार्यक्रम सम्बन्धित अधिकारीले प्रस्तावित योजना प्याकेजिङ् गर्दा हुने सबल र कमजोर पक्षका विषयमा आफ्ना धारणा राखेका थिए । 

यसरी प्याकेजिङ्रस्लाइसिङ् गरिएका योजनालाई बोलपत्र, दरभाउ पत्र, सोझै खरिद र उपभोक्तामार्फत हुने खरिदका सबल र दुर्लभ पक्ष छलफलको अर्को विषय थियो । चालु आर्थिक वर्षका लागि महानगरले १ हजार ४८० वटा योजना स्वीकृत गरेको छ । यी योजनालाई खरिद सम्बन्धी कार्यविभाजन र खरिद कार्यको वर्गीकरणअनुसार प्याकेजिङ् गरेर १ हजारको हाराहारीमा राख्न सकिने देखिएको महानगरपालिकाको भनाइ छ । 

Tags :
प्रतिक्रिया दिनुहोस