गठबन्धनलाई चुनावमा हराउने कुनै शक्ति छैन : झलनाथ खनाल « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

गठबन्धनलाई चुनावमा हराउने कुनै शक्ति छैन : झलनाथ खनाल


१८ कार्तिक २०७९, शुक्रबार


काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाम र झापामा गठबन्धनलाई आउँदो चुनावमा हराउने कुनै पनि शक्ति नभएको बताएका छन्। इलाम क्षेत्र १ को गठबन्धनका उम्मेदवार रहेका खनालले आफूहरू अहिले गठबन्धनको महाभियानमा रहेको बताए।  

इलाम र झापाको सीमा बहुवनस्थित बेंसीबजारमा शुक्रबार आयोजित चुनावी कार्यक्रममा खनालले देश अग्रगतिमा लैजान गठबन्धन आवश्यक रहेको पनि बताए। ‘यसअघि हामीले विभिन्न निर्वाचनमा अलग-अलग प्रतिस्पर्धा गरेर आएका हौँ,’ उनले भने, ‘तर, यो पटक देश, संविधान र गणतन्त्र बचाउनका लागि भएपनि गठबन्धन आवश्यक परेको हो।’ बहुदलीय व्यवस्थामा दलहरू चुनावमा जानु स्वभाविक भएको तर अहिले परिस्थिति विशेष भएकाले गठबन्धन गर्नुपरेको उनको भनाइ छ।  

उनले गठबन्धनको उद्देश्य ५ वर्ष निर्विवाद ढङ्गले चल्ने संसद् निर्माण गर्नु र स्थिरता कायम गर्नु नै भएको उनले जनाए। ‘आज यो गठबन्धन पवित्र गठबन्धनका रूपमा छ,’ उनले भने, ‘यो गणतन्त्रवादीको गठबन्धन हो।’ उनले एमालेले राजतन्त्रवादीसँग गठबन्धन गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओली गणतन्त्र पक्षधर नभएको आरोपसमेत लगाए। 

Tags :
प्रतिक्रिया दिनुहोस