संसदीय समितिको कार्यादेश अर्को बैठकमा टुंगिनसक्छ : कानुनमन्त्री गिरी « प्रशासन
Logo १९ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

संसदीय समितिको कार्यादेश अर्को बैठकमा टुंगिनसक्छ : कानुनमन्त्री गिरी


८ जेष्ठ २०८१, मंगलबार


काठमाडौँ । सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलका सदस्यहरूले छलफल सहमति उन्मुख भएको दाबी गरेका छन् ।

कार्यदलमा रहेका सत्ता पक्षका सदस्यहरूले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस विगतको भन्दा लचक देखिएको भन्दै अर्को बैठकमा टुङ्गोमा पुग्ने विश्वास व्यक्त गरेका छन् ।

आज बिहान कानुन मन्त्रालयमा कार्यदलको बैठक बसेको थियो । बैठकपछि कार्यदलका संयोजक एवम् कानुन मन्त्री पदम गिरीले विभिन्न विकल्पमा छलफल भइरहेको र छलफल उपलब्धिमूलक भएको बताए । ‘कार्यादेश निर्माण गर्ने सवालमा अहिले भएको छलफल उपलब्धिमूलक बनेको छ तर ठ्याक्कै हामी निष्कर्षमा पुगिसकेको अवस्था छैन,’ मन्त्री गिरीले भने, ‘विभिन्न एंगलबाट छलफल गरेका छौँ, विभिन्न विकल्पमा छलफल गरेका छौँ ।’

सहमतिमै कार्यादेश निर्माण गर्न आफूहरू सहमत भएको उनले बताए । ‘हाम्रो बीचमा के सहमति भएको छ भने सहमतिका साथ नै एउटा कार्यादेश निर्माण गर्ने भन्ने सम्पूर्ण रूपले सहमति बनेको छ,’ गिरीले भने, ‘मलाई लाग्छ अब अर्को बैठकमा हामी यो विषयमा टुङ्गोमा पुग्न सक्छौँ ।’

कार्यदलका अर्का सदस्य एवम् नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सहमतिको मध्यविन्दु पहिल्याउने गरी छलफल भएको जानकारी दिए । ‘दुवै पक्षबाट आ-आफ्ना धारणा राख्ने, सुन्ने काम भयो र सहमतिको मध्यविन्दु खोजेर अघि बढ्ने सहमति भयो,’ बर्तौलाले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस