टी-२० विश्वकप : श्रीलङ्का र अफगानिस्तान भिड्दै « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

टी-२० विश्वकप : श्रीलङ्का र अफगानिस्तान भिड्दै


१५ कार्तिक २०७९, मंगलबार


काठमाडौँ । आइसिसी टी–२० विश्वकपमा आज दुई खेल हुँदै छन्।

आज हुने सुपर–१२ को समूह ‘ए’ अन्तर्गतको पहिलो खेलमा श्रीलङ्का र अफगानिस्तान प्रतिस्पर्धा गर्दै छन्।

यी दुई टिमबिचको खेल नेपाली समयअनुसार बिहान पौने दश बजेदेखि ब्रिसबेनमा सुरु हुनेछ। दुवै टोली आज जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रने छन्।

देवै टोलीको सेमिफाइनल सम्भावना भने निकै कम छ। श्रीलङ्का ३ खेलमा २ अङ्कका साथ पाँचौँ स्थानमा रहँदा अफगानिस्तान पनि समान खेलबाट समान अङ्कका साथ पुछारमा छ।

ब्रिसबेनमै नेपाली समयअनुसार दिउँसो सवा २ बजे हुने दोस्रो खेलमा इंग्ल्याण्ड र न्युजिल्याण्ड प्रतिस्पर्धा गर्दै छन्।

इंग्ल्याण्ड आज जित हात पार्दै सेमिफाइनल सम्भावना जिवितै राख्न चाहन्छ। न्युजिल्याण्ड पनि जित हात पार्दै एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गर्ने सोचमा छ।

इंग्ल्याण्ड ३ खेलमा ३ अङ्कका साथ तेस्रो स्थानमा रहँदा न्युजिल्याण्ड समान खेलबाट ५ अङ्क जोडेर शीर्ष स्थानमा छ।

Tags :
प्रतिक्रिया दिनुहोस