मधेस प्रदेशमा आज सार्वजनिक बिदा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मधेस प्रदेशमा आज सार्वजनिक बिदा


१४ कार्तिक २०७९, सोमबार


काठमाडौँ । मधेस प्रदेश सरकारले छठ पर्वका अवसरमा आज सार्वजनिक बिदा दिएको छ । छठको अन्तिम दिन आज सार्वजनिक बिदा दिएको हो ।

सङ्घ सरकारले छठको तेस्रो दिन अर्थात् अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिने दिन हिजो बिदा दिएपछि प्रदेश सरकारले छठको अन्तिम दिन आज समेत प्रदेशमा बिदा दिने निर्णय गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै प्रदेशमा सोमबार सार्वजनिक बिदा रहेको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस