दाङमा ३ फर्निचर उद्योगमा आगलागी, करोडौँको क्षति « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

दाङमा ३ फर्निचर उद्योगमा आगलागी, करोडौँको क्षति


८ कार्तिक २०७९, मंगलबार


दाङ । दाङको घोराहीस्थितमा तीनवटा फर्निचर उद्योगमा भीषण आगलागी भएको छ।

घोराहीको शहीद उमेश मार्ग रोडमा रहेका तीन वटा फर्निचर उद्योगमा आगलागी हुँदा पूर्ण रूपमा क्षति भएको छ ।

न्यू दाजुभाइ, दाजुभाइ र स्टार दाजुभाइ तीन वटा फर्निचर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट करडौँको क्षति भएको अनुमान गरिएको ५ ।

राति करिब १२ बजेतिर लागेको आगो बिहान करिब साढे ४ बजे नियन्त्रणामा आएको हो ।

नेपाल प्रहरी, सशस्त्र प्रहरीले घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकाको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस