विज एयरले गौतम बुद्ध विमानस्थलबाट अबुधाबी उडान गर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विज एयरले गौतम बुद्ध विमानस्थलबाट अबुधाबी उडान गर्ने


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । विज एयरले आगामी दुई सातापछि नेपालको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्धबाट भैरहवा-कुवेत उडान सुरु गर्ने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त एयरलाइन्सले भैरहवा-कुवेत उडानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ ।

उक्त विमानस्थलबाट अबदेखि दुई वटा अन्तर्राष्ट्रिय कम्पनीले उडान गर्ने भएका छन् । यसअघि जजिरा एयरवेजले भैरहवा-कुवेत उडान सुरु गरेको थियो ।

विमानस्थल सञ्चालनमा आएको पाँच महिनापछि यो विमानस्थलमा अक्टोबर ३० तारिखदेखि अबुधाबी बेस रहेको विज एयरले उडान सुरु गर्ने जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस