भेटियो बबई नदीमा बेपत्ता दुई किशोरीको शव « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

भेटियो बबई नदीमा बेपत्ता दुई किशोरीको शव


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । दाङमा बबई नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका दुई किशोरीको शव फेला परेको छ । आइतबार दिउँसो साढे ३ बजे प्रहरी र स्थानीय वासिन्दाको टोलीले शव फेला पारेका हुन् ।

शनिबार बबई नदीमा नुहाउन गएका दंगीशरण गाउँपालिका-२ का १४ वर्षीया रमा शाह र सल्यानको दमाचौरका १४ वर्षीया गोमा चन्दको शव करिब २७ घण्टापछि फेला पारेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

तुलसीपुर उपमहानगरपालिका-११ को मोतीपुर नजिकै शनिबार दिउँसो १ बजेतिर बबई नदीमा नुहाउन गएका तीन जनामध्ये दुई जना बेपत्ता भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस