विप्लव नेतृत्वको नेकपामा ‘सी’ थर निर्माण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विप्लव नेतृत्वको नेकपामा ‘सी’ थर निर्माण


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेता कार्यकर्ताले आफ्नो नामका पछाडि  ‘सी’ राख्न थालेका छन् । पार्टीको नौ महाधिवेशनमा विप्लवले जात व्यवस्थाको अन्त्य गर्न हरेक पार्टी सदस्यले नामका पछाडि ‘सी’ राख्न प्रस्ताव गरेका थिए । 

जातीय व्यवस्थाले जकडिएको नेपाली समाजमा विप्लवले थप अर्को नयाँ थरको नामकरण गरेका छन् । कम्युनिस्ट पार्टीले जात व्यवस्थाबाट हुने विभेदलाई अन्त्य गर्नुपर्नेमा उल्टै जात व्यवस्थालाई प्रशय दिएका छन् । विप्लवले महाधिवेशन हलबाट विशेष प्रस्तावको रूपमा नामका पछाडि ‘सी’ राख्न प्रस्ताव गरेपछि पार्टीका कार्यक्रम, डकुमेन्ट र सामाजिक सञ्जालमा ‘सी’ राख्न थालेका छन् ।

पार्टीका नेता कार्यकर्ताले पार्टीको निर्देशन बमोजिम आ-आफ्नो अनुकूलमा सी राख्न थालेका हुन् । 

नेपाली समाज धेरै वर्षदेखि जातजाति व्यवस्थाको जाँतोमा पिल्सिएकाले नामका पछाडि सी राखेर जात व्यवस्था उन्मुलन गर्न खोजेको विश्वकर्माले जिकिर गरे ।

तत्कालीन माओवादीले जनयुद्धका क्रममा जात व्यवस्थाको अन्त्य गर्ने भन्दै छदम भेषमा उपनाम राख्ने गरेका थिए । जातमा महिला पुरुष मात्रै हुने भएकाले नामको पछाडि थर नराखेर उपनाम राख्ने गरेका हुन् । अहिले फेरि विप्लवले नामका पछाडि सी राखेर नयाँ थरको नामकरण गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस