टी-२० विश्वकप : आयरल्यान्डमाथि श्रीलङ्काको सहज जित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

टी-२० विश्वकप : आयरल्यान्डमाथि श्रीलङ्काको सहज जित


६ कार्तिक २०७९, आइतबार


काठमाडौँ । आइसिसी टी–ट्वान्टी विश्वकप अन्तर्गत सुपर १२ को पहिलो खेलमा श्रीलङ्का आयरल्यान्डमाथि सहज जित निकालेको छ ।

आइतबार भएको खेलमा खेलमा श्रीलङ्काले आयरल्यान्डलाई ९ विकेटले हराएको हो । ब्लन्डस्टोन एरिनामा आयरल्यान्डले दिएको १२९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले १५ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्‍यो ।

श्रीलङ्काका लागि कुशल मेन्डिसले ६८ रनको अर्धशतकीय पारी खेले । ४३ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै धनन्जय डी शिल्भा र चारिता अशलंकाले समान ३१–३१ रन जोडे ।

आयरल्यान्डका लागि गराथ डेलानीले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो ।

आयरल्यान्डका लागि ह्यारी टेक्टोरले सर्वाधिक ४५ रनको योगदान गरे । त्यस्तै पाउल स्ट्रलिङले ३४ रन जोडे । श्रीलङ्काका लागि महेशा थेक्षाना, वानिन्दु हर्शरंगाले दुई –दुई विकेट लिए । जितसँगै समूह २ मा रहेको श्रीलङ्काले १ खेलबाट २ अङ्क जोडेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस