डेंगी सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुग्याे, ४२ हजार बढी संक्रमित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डेंगी सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुग्याे, ४२ हजार बढी संक्रमित


३ कार्तिक २०७९, बिहिबार


काठमाडौँ । यस वर्ष साउन यता डेंगी सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार कात्तिक २ गतेसम्म सङ्क्रमितको संख्या ४२ हजार ५०४ र मृत्यु हुनेको संख्या ५१ पुगेको हो ।

डेंगी सङ्क्रमितको यो संख्या सन् २००४ यताकै उच्च हो । महाशाखाका अनुसार हाल देशका ७७ वटै जिल्लामा डेंगी संक्रमण फैलिएको छ ।

डेंगी संक्रमण सार्ने एडिस जातको लामखुट्टेको लार्भा अनुकूल वातावरणमा आठ महिनासम्म जीवित रहन सक्ने र फेरि लामखुट्टेको रूपमा विकास हुनसक्ने भएकाले जोखिम भने अझै कम नभएको विज्ञहरूको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस