गठबन्धन सरकारले नागरिकका आवाजलाई सम्बोधन गरेको छ : प्रकाश शरण महत « प्रशासन
Logo ३० बैशाख २०८१, आइतबार
   

गठबन्धन सरकारले नागरिकका आवाजलाई सम्बोधन गरेको छ : प्रकाश शरण महत


३१ आश्विन २०७९, सोमबार


काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसले पाँच दलीय गठबन्धनको सरकारले हरेक नेपालीको आवाजलाई सम्बोधन गरेको दाबी गरेको छ।

पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरेर प्रवक्ता प्रकाश शरण महतले गठबन्धनले देशलाई सही ट्याकमा ल्याएको दाबी गरेका हुन्।

उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सङ्केत गरेर संवैधानिक अङ्गमाथि भएको प्रहार गरेपछि गठबन्धन बनेको बताए। उनले गठबन्धनले हरेक नागरिकका आवाजलाई सम्बोधन गर्ने कोसिस गरिरहेको दाबी गरे।

उनले संविधानले दिएको अधिकारलाई पूर्ण रूपमा लागू गरेको बताए। स्थानीय तहको निर्वाचन निष्पक्ष ढङ्गबाट गरिसकेकाले अब आगामी प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गराउने लक्ष्य लिएको बताए।

गठबन्धनबाट उम्मेदवारी दिएकाले मतदातालाई सचेत बनाउने लाग्नुपर्ने बताए।

गठबन्धनकै कारणले योगदान गरेका नेताहरूलाई पनि उम्मेदवार बनाउन नसकेको स्वीकार गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस