एसपी खड्काले पाए सर्वोत्कृष्ट अनुसन्धानकर्ताको सम्मान « प्रशासन
Logo ७ जेष्ठ २०८१, सोमबार
   

एसपी खड्काले पाए सर्वोत्कृष्ट अनुसन्धानकर्ताको सम्मान


३१ आश्विन २०७९, सोमबार


काठमाडौँ । प्रहरी उपरीक्षक (एसपी)सन्तोष खड्काले सर्वोत्कृष्ट अनुसन्धानकर्ताको सम्मान पाएका छन् । विशेष ब्युरोमा कार्यरत खड्कालाई ६७ औँ दिवसको अवसरमा सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले पुरस्कृत गरेका छन् ।

‘मोतीलाल बोहरा सर्वोत्कृष्ट अनुसन्धानकर्ता’ पुरस्कार पाएका खड्काले ५१ हजार नगद र सम्मान पत्र प्राप्त गरेका हुन् । नेपाल प्रहरीमा खड्का काबिल अफिसरको रूपमा परिचित छन् । जिल्ला प्रहरी कार्यालयमा मोरङको कमाण्ड गरेका खड्कासँग उपत्यका अपराध अनुसन्धान कार्यालयमा बसेर काम गरेको अनुभव छ । उनी सङ्गठित अपराध र आतङ्कवाद सम्बन्धी अनुसन्धानमा जानकार मानिन्छन् ।

नेपाल प्रहरीले हरेक वर्ष प्रहरी दिवसको अवसरमा ‘उत्कृष्ट अनुसन्धानकर्ता’ को पुरस्कार प्रदान गर्दै आएको छ । यस पटकदेखि सो पुरस्कारको राशि पूर्व आइजिपी मोतिलाल बोहराले प्रायोजन गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस