बायर्नको गोल वर्षा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बायर्नको गोल वर्षा


३१ आश्विन २०७९, सोमबार


काठमाडौँ । बुन्डेसलिगा महारथि क्लब बायर्न म्युनिखले आइतबार राति एससी फ्रेइबर्गमाथि ५–० को सहज जित निकालेको छ ।

घरेलु मैदान एलिएन्ज एरिनामा बायर्नको जितमा सर्जियो जिनाब्री, इरिक माक्सिम, लिरोय साने, साडियो माने र मार्सेल साविट्जरले एक–एक गोल गरे ।

जितसँगै बायर्न १० खेलबाट १९ अंक जोड्दै दोस्रो स्थानमा छ । समान खेलबाट २३ अंक जोडेको युनियन बर्लिन शीर्ष स्थानमा छ । फ्रेइबर्ग १८ अंक सहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस