भारत पाकिस्तानसँग भिड्दै « प्रशासन
Logo २७ बैशाख २०८१, बिहिबार
   

भारत पाकिस्तानसँग भिड्दै


१९ भाद्र २०७९, आइतबार


काठमाडौँ । एसियाकप क्रिकेट अन्तर्गत सुपर चारको आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानको सामना गर्दैछ ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भारत र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।

आजको खेलमा पाकिस्तान समूह चरणमा बेहोरेको हारको बदला लिन चाहन्छ । भारत र पाकिस्तान समूह ‘ए’ को पहिलो खेलमा भिडेका थिए । उक्त खेलमा भारतले पाकिस्तानमाथि ५ विकेटको जित निकालेको थियो ।

भारत आजको खेलमा पनि सोही लयलाई कायम राख्ने योजनामा छ । यता पाकिस्तान भने भारतलाई हराउँदै सुखद सुरुवात गर्ने योजनामा छ ।

पाँच पटकको विजेता टोली यो पटक पनि च्याम्पियन बन्ने योजनामा छ । भारतले समूह चरणको पहिलो खेलमा पाकिस्तानलाई हराएको थियो भने दोस्रो खेलमा हङकङलाई हराएको थियो ।

यता दुई पटकको विजेता पाकिस्तान यो पटक पनि उपाधि दावेदार टोली हो । भारत र पाकिस्तानबीच हालसम्म एसिया कपमा १५ खेलहरु भएका छन् । जसमा भारत बलियो देखिएको छ ।

भारतले १५ मध्य ९ खेलमा जित निकालेको छ । बाँकी खेलमा ५ खेलमा पाकिस्तानले जित निकालेको छ । दुई टोलीबीचको एक खेलको नतिजा भने आएको थिएन ।

दुई टोलीबीचको नतिजा नआएको खेल सन् १९९७ मा कोलम्बोमा भएको खेल हो । पाकिस्तानमाथि बलियो भएको भारत आजको खेलमा पनि आफूलाई बलियो सावित गर्ने योजनामा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस