डाँका र प्रहरीबीच झडप हुँदा प्रहरी सहित २ जना घाईते « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

डाँका र प्रहरीबीच झडप हुँदा प्रहरी सहित २ जना घाईते


१९ भाद्र २०७९, आइतबार


काठमाडौँ । गएराती डकैती गर्न आएको समूह र प्रहरीबीच झडप हुँदा बारामा प्रहरी सहित २ जना घाईते भएका छन् ।

गएराती करिव १२ बजेको समयमा जीतपुरसिमरा २३ मा रहेको एरोटेक प्रालिमा चोरी भईरहेको भन्ने सूचनाको आधारमा प्रहरी घटनास्थल पुग्दा प्रहरीमाथि नै डाँका समूहले रड प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।

रड प्रहारबाट ईलाका प्रहरी कार्यालय, जीतपुरका बरिष्ठ नायव निरिक्षक कलमबहादुर शाहीको टाउकोमा गम्भिर चोट लागेको छ । उनको वीरगञ्ज स्थित नेशनल हेल्थ केयरमा उपचार भईरहेको छ ।

घटनालाई नियन्त्रणमा लिन प्रहरीले ३ राउण्ड गोलि चलाएको थियो । डकैतिमा संलग्न व्यक्तिको साथबाट प्रहरीले दुई थान कटुवा पेस्तोल र भरुवा बन्दुक नियन्त्रणमा लिएको छ ।

घटनामा संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस