भारतीय सेनाप्रमुख पाण्डे आज नेपाल आउँदै « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भारतीय सेनाप्रमुख पाण्डे आज नेपाल आउँदै


१९ भाद्र २०७९, आइतबार


काठमाडौँ । भारतीय सेना प्रमुख मनोज पाण्डे पाँच दिने औपचारिक भ्रमणका क्रममा आइतबार काठमाडौँ आउँदै छन् ।

भारतले अग्निपथ योजना लागू गरेसँगै भारतीय सेनामा नेपाली गोर्खा भर्ती रोकिएको वेला उनको भ्रमण हुन लागेको हो ।

उनी पाँच सदस्यीय सैन्य प्रतिनिधिमण्डलसहित नेपाल आउन लागेका हुन् । सेनापति पाण्डे नेपाली सेनाको मानार्थ महारथीका रूपमा सुशोभित हुने कार्यक्रमका लागि आउन लागेका हुन् ।

राष्ट्रपति, प्रधानमन्त्री र प्रधान सेनापतिसँग भेटवार्ताका क्रममा अग्निपथ योजना र गोर्खा भर्तीबारे चर्चा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस