रुपन्देही-५ बाट भरत शाह दम्पती सिफारिस « प्रशासन
Logo २ जेष्ठ २०८१, बुधबार
   

रुपन्देही-५ बाट भरत शाह दम्पती सिफारिस


१७ भाद्र २०७९, शुक्रबार


बुटवल । रुपन्देही-५ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा नेपाली कांग्रेसबाट भरत शाह र उनकी श्रीमती अनिता शाह सिफारिस भएका छन् ।

सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भरत शाह प्रत्यक्षतर्फ र अनिता समानुपातिकतर्फ महिलाबाट सिफारिस भएकी हुन् । प्रत्यक्षमा भरत शाहको नाम मात्रै सिफारिस भएको छ भने समानुपातिकमा अनितासहित १४ जना सिफारिस भएका छन् ।

यस्तै प्रदेश सभा (क) मा प्रत्यक्षतर्फ विष्णु पोखरेल, देवीप्रसाद कंडेल र लक्ष्मी चौधरी तथा समानुपातिकमा रामबहादुर थापा र शारदा गौतम सिफारिस भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस