२३.५६ बिलियन डलर बराबरको कृषि सामान निर्यात गर्ने भारतको योजना « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

२३.५६ बिलियन डलर बराबरको कृषि सामान निर्यात गर्ने भारतको योजना


३० श्रावण २०७९, सोमबार


काठमाडौँ । भारतले सन् २०२२-२३ मा २३.५६ बिलियन डलर बराबरको कृषि सामान निर्यात गर्ने योजना बनाएको छ ।

भारतको कृषि र प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणले कृषि निकासी प्रवर्द्धनका लागि आउटरिच रणनीति बनाएको हो ।

भारतले सन् २०२२-२३ मा २३ अर्ब ५६ करोड अमेरिकी डलर बराबरको कृषि उत्पादन निर्यात गर्ने लक्ष्य राखेको वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

वाणिज्य तथा उद्योग मन्त्रालयको कृषि उत्पादनको निर्यात प्रवद्र्धन गर्ने संस्था एपिडाले २३ अर्ब ५६ करोड अमेरिकी डलरको निर्यात लक्ष्यमा पुग्न कृषि निर्यात प्रवर्द्धनका लागि आउटरिच रणनीति बनाएको छ । यस रणनीति अन्तर्गत निर्यात बढाउन चालु वर्ष ३ सय वटा कार्यक्रम आयोजना गरिनेछ ।

कृषि र प्रशोधित खाद्य उत्पादन निर्यात विकास प्राधिकरणले खाद्य निर्यात उद्योगका सरोकारवालाहरूबीच सामाजिक सञ्जाल साइटहरूलगायत विभिन्न डिजिटल प्लेटफर्महरू मार्फत मानव जातिमा पार्ने प्रभाव देखाएर चेतना जगाउने योजना पनि बनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस