राष्ट्रिय भूमि आयोगद्वारा काम सुरु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय भूमि आयोगद्वारा काम सुरु


१४ श्रावण २०७९, शनिबार


काठमाडौँ । राष्ट्रिय भूमि आयोगले पर्साका अधिकांश पालिकामा जग्गा व्यवस्थापनका लागि काम थालेको  छ । 

 ‘हाम्रो अभियान भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासको समस्या समाधान हाम्रै पालामा’ भन्ने नारालाई साकार पार्न राष्ट्रिय भूमि आयोग पर्साले जिल्लाका अधिकांश पालिका काम अघि बढाएको हो । 

राष्ट्रिय भूमि आयोगले दोस्रो चरणमा जिल्लाको पोखरिया नगरपालिकासहित पकहा मैनपुर, पटेर्वासुगौली, जगरनाथपुर, विन्दवासिनी र सखुवाप्रसौनी गाउँपालिका काम अघि बढाएको हो । पहिलो चरणमा जिल्लाको वीरगञ्ज महानगरपालिका, पर्सागढी, बहुदरमाई नगरपालिका र ठोरी गाउँपालिकामा अघि बढाएको थियो  । 

भूमिहीन, सुकुम्वासी, दलित एवं अव्यवस्थित बसोबासको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी सङ्कलन गर्नेलगायतका बारेमा ती पालिकाका जनप्रतिनिधिको आयोगको काम कर्तव्य र अधिकारसहित काम अघि बढाइएको छ । 

भूमिसम्बन्धी कामको सहजताका लागि ती पालिकामा सेवा केन्द्र सहजीकरण समिति गठन गर्ने र नगरपालिकामा सेवा केन्द्रको स्थापनाका लागि काम अगाडि बढाइएको आयोगको  पर्सा कार्यालयले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस