न्युजिल्याण्डसँग आयरल्याण्ड १ रनले पराजित « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

न्युजिल्याण्डसँग आयरल्याण्ड १ रनले पराजित


३२ असार २०७९, शनिबार


काठमाडौँ । आयरल्याण्डलाई १ रनले हराउँदै न्युजिल्याण्डले एक दिवसीय शृङ्खलामा ३-० ले ह्वाइट वास गरेको छ । न्युजिल्याण्डले पस्केको ३ सय ६१ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्ड निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ५९ रनमा सीमित समेटिएको छ । 

आयरल्याण्डका लागि पाउल स्टर्लिङले १ सय २० रन तथा ह्यारी टेक्टरको १ सय ८ रन बनाएर आयरल्याण्ड न्युजिल्याण्डविरुद्ध पहिलो जीत हासिल गर्ने पथमा अग्रसर थियो । आयरल्याण्डले एकदिवसीय खेलमा आफ्नो अहिलेसम्मकै ठूलो योगफल बनाएपछि जीतबाट भने वञ्चित भएको छ । 

यसअघि मार्टिन गप्टिलको ११५ तथा हेनरी निकोलसको ७९ रनको मद्दतले ६ विकेटको क्षतिमा ३६० रन बनाएको थियो । अब दुई टोलीबीच सोमबारबाट टी–२० खेलहरू सुरु हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस