उपसभामुखका लागि आज मनोनयन दर्ता, को-को बन्दैछन् उम्मेदवार ? « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

उपसभामुखका लागि आज मनोनयन दर्ता, को-को बन्दैछन् उम्मेदवार ?


३० असार २०७९, बिहिबार


काठमाडौँ । प्रतिनिधि सभामा रिक्त रहेको उपसभामुखका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको कार्यतालिका छ। 

उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन आज नै हुनेछ भने मतदान भोलि शुक्रबार हुनेछ। 

यसैबीच  सत्ता गठबन्धनले नेपाली काँग्रेसकी सांसद पुष्पा भुसाललाई प्रतिनिधि सभाको उपसभामुखको उम्मेदवार बनाउने भएको छ।

स्रोतका अनुसार काँग्रेस सचेतकसमेत रहेकी भुसाल गठबन्धनकी उम्मेदवार बन्ने पक्का भइसकेको छ।

यसअघि काँग्रेस नेता मीन विश्वकर्माले गठबन्धनभित्र उपसभामुख काँग्रेसलाई दिने सहमति भएको जानकारी दिएका थिए। सत्ता गठबन्धन दलका सबै सांसदले मत दिए भुसाल उपसभामुख निर्वाचित हुनेछिन्।

भुसाल यसअघि पनि उपसभामुख उम्मेदवार भएर पराजित भएकी थिइन्। २०७४  चैतमा भएको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले हराएकी थिइन्।  

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाङ्फेले ६ माघ २०७६ मा राजीनामा दिएपछि संसद्ले उपसभामुख पाएको छैन।

संविधानमा सभामुख र उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने प्रावधान छ।

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले उपसभामुखमा उम्मेदवारी दिने–नदिने, दिने भए कसलाई उम्मेदवार बनाउने भन्नेबारे जानकारी दिएको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस