१९१५ अङ्कमा झर्‍यो सेयर बजार, सबै सूचक घटे « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

१९१५ अङ्कमा झर्‍यो सेयर बजार, सबै सूचक घटे


२७ असार २०७९, सोमबार


काठमाडौँ । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से १९१५ अङ्कमा झरेको छ । कारोबार खुलेदेखि नै उच्च गिरावट आएकोमा बजार बन्द हुँदा नेप्से ७७ अङ्कले घटेको हो ।

कुल २ अर्ब ३२ करोड रुपैयाँको सेयर कारोबार भयो । सबै उपसमूहका सूचक घटेका छन् ।

बैङ्किङ ३७, विकास बैङ्क १५०, फाइनान्स ८७, होटल तथा पर्यटन ५६, जलविद्युत् ११९, जीवन बीमा ४५०, उत्पादन १६६, माइक्रोफाइनान्स १८७, निर्जीवन बीमा ३६५, अन्य ७० र व्यापार उपसमूह ११६ अङ्क घटे ।

एउटा कम्पनी सोल्टी होटलको मात्रै सेयर मूल्य बढ्यो भने १८८ को घट्यो । ग्रामीण विकास लघुवित्तको मूल्य १० प्रतिशत घट्यो । किसान लघुवित्त, हिमालय पावर पार्टनर, माउन्टेन हाइड्रोको मूल्य ९ प्रतिशत घट्यो ।

कारोबार रकमका आधारमा हिमालयन डिस्टिलरी, एनआईसी एसिया बैङ्क, माथिल्लो तामाकोसी, एसियन लाइफ इन्स्योरेन्स र नेपाल लाइफ इन्स्योरेन्स क्रमश:अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस