माओवादीसँग पार्टी एकता सोच्न सकिन्न, एमालेले चाहे गठबन्धन हुनसक्छ : खनाल « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

माओवादीसँग पार्टी एकता सोच्न सकिन्न, एमालेले चाहे गठबन्धन हुनसक्छ : खनाल


२० असार २०७९, सोमबार


सुर्खेत । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आगामी सङ्घ र प्रदेशको चुनावमा एमालेसँग गठबन्धन गरेर जान समाजवादी तयार रहेको बताएका छन् ।

एकीकृत समाजवादीको ६ घण्टा लामो सचिवालय बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले त्यसका लागि एमाले तयार हुनुपर्ने बताए ।

खनालले तत्काल माओवादीसँग पार्टी एकताको सम्भावना भने खारेज गरे ।

खनालले भने, ‘हामी एमालेसँग आगामी चुनावमा गठबन्धन गरेर जान तयार छौँ । त्यसका लागि उहाँहरू तयार हुनुपर्‍यो । एमाले पनि वामपन्थी समूह हो । हामी पनि वामपन्थी समूह नै हो । गठबन्धन बनाएर जाँदा कुनै समस्या नै हुँदैन ।’

उनले तोड्ने र फोड्ने कुरालाई एमाले र नेकपा एस दुवैलाई नोक्सान भएको बताए ।

खनालले सचिवालय बैठकमा माओवादी अध्यक्ष प्रचण्ड र बामदेव गौतमसहित तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यसँगको भेटवार्ताबारे पनि कुरा उठेको जानकारी दिए ।

खनालले भने, ‘बैठकमा हिजो भएको भेटवार्ताको बारेमा कुरा उठेको हो । माओवादीसँग एकीकरण गर्ने भन्ने कुरा होइन ।’

स्थानीय तहको निर्वाचनमा माओवादी र काँग्रेस दुवै दलले हेपेको भन्ने बारेमा हामी तीन जनाबीच छलफल भएको कुरा बैठकमा राखिएको हो ।

खनालले माओवादीसँग पार्टी एकता हुन लागेको भनेर आएका हल्ला गलत रहेको समेत बताए ।

उनले भने, ‘पार्टी एकता गर्नका लागि त पहिले विचार मिल्न पर्‍यो । सिद्धान्त मिल्नपर्‍यो । नीति मिल्नपर्‍यो । बाटो मिल्न पर्‍यो नि ’ अहिलेसम्म कुनै कुरा नमिलेको अवस्थामा माओवादीसँग पार्टी एकताबारेमा सोच्न पनि सकिँदैन ।

Tags :
प्रतिक्रिया दिनुहोस