फास्ट ट्र्याकको सुरुङ खन्न पुनः सुरु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

फास्ट ट्र्याकको सुरुङ खन्न पुनः सुरु


३ असार २०७९, शुक्रबार


काठमाडौँ  । निर्माणाधीन काठमाडौँ-तराई-मधेस द्रुतमार्ग (फास्ट ट्र्याक)को सुरुङ खन्ने काम पुनः सुरु भएको छ । नेपाली सेनाले काम सुचारु गर्न निर्देशन दिएपछि चिनियाँ ठेकेदार कम्पनीले काम पुनः थालेका हुन् ।

सुरुङको प्याकेज-१ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र प्याकेज-२ मा पोली च्याङ्दा कन्स्ट्रक्सन कम्पनीले काम गरिरहेका छन् ।

ठेक्का सम्झौताअनुरूप सुरुङ खन्ने काम नभएको भन्दै नेपाली सेनाले दुई हप्ताअघि ठेकेदार कम्पनीलाई काम रोक्न निर्देशन दिएको थियो ।

कामको गुणस्तर कमजोर भएको र सम्झौताअनुसारका उपकरण पनि नल्याई काम भएको पाइएपछि नेपाली सेनाले काम रोक्न निर्देशन दिएको थियो ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले निर्माण कम्पनीसँग भएको ठेक्का सम्झौताको मापदण्ड तथा सेवा सर्तअनुसार बिहीबारदेखि दुवै खण्डको सुरुङ खन्ने काम सुरु भएको जानकारी दिए । सुरुङ खन्ने काम दुई खण्डमा भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस