नासु, शाखा अधिकृत परीक्षाको लागि महत्वपूर्ण प्रश्न र उत्तर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नासु, शाखा अधिकृत परीक्षाको लागि महत्वपूर्ण प्रश्न र उत्तर


२ असार २०७९, बिहिबार


प्रश्न : वैदेशिक रोजगार भन्नाले के बुझिन्छ ? यसबाट नेपालको अर्थतन्त्रमा परेको योगदान उल्लेख गर्नुहोस् । यसको योगदानलाई अझ प्रभावकारी बनाउन के गर्नुपर्ला ? मौलिक सुझावहरु दिनुहोस् ।
What is meant by foreign employment? Write its contribution in Nepalese economy. What should be done to make its contribution more effective. 1+4+5= 10

समाधान
वैदेशिक रोजगारी (Foreign Employment)
कुनै श्रमिक वा कामदारले विदेशमा गएर प्राप्त गर्ने रोजगारीलाई वैदेशिक रोजगारी (Foreign Employment) भनिन्छ । वैदेशिक रोजगारमा गएका व्यक्ति वा कामदारले कमाएर आफ्नो देशमा पठाएको रकमलाई विप्रेषण (Remittance) भनिन्छ ।

वैदेशिक रोजगारबाट नेपालको अर्थतन्त्रमा योगदान
१. नेपालमा GDP को करिव एक चौथाई विप्रेषण भित्रिने गरेको छ । गत आवमा मात्र ने.रु.९६१.०५ अर्व विप्रेषणको रुपमा भित्रिएको थियो ।
२. भुक्तानी सन्तुलन (Balance of Payment)मा महत्वपूर्ण योगदान गरेको छ ।
३. श्रम व्यवस्थापन एवं बेराजगारी समस्या न्यूनिकरणमा महत्वपूर्ण योगदान गरेको छ । हाल करिव ५६ लाख नेपाली वैदेशिक रोजगारीमा गएका छन् ।
४. विप्रेषणको अतिरिक्त अर्थतन्त्रमा सकारात्मक योगदान गर्ने उन्नत प्रविधि, उद्यमशीलता एवं सीप र दक्षता भित्रिएको छ ।
५. आयको फैलावट र आर्थिक असमानता घटाउन सहयोग गरेको छ ।
७. कृषिको व्यवसायीकरण तथा आधुनिकीकरण गर्न सहयेग गरेको छ ।
८. समग्र अर्थतन्त्रलाई गतिशील एवं चलायमान बनाएको छ ।

यसलाई थप प्रभाकारी बनाउने उपाय
१. वैदेशिक रोजगारीमा जानेलाई व्यापक ढंगले तालिम प्रशिक्षण दिने र सीप भएको प्रमाणपत्र भएकालाई मात्र वैदेशिक रोजगारीमा पठाउने व्यस्था गर्ने ।
२. विप्रेषण (Remittance) बाट प्राप्त आम्दानी उत्पादनशील क्षेत्रमा प्रयोग गर्ने वातावरण सृजना गर्ने । जस्तो वैदेशिक रोजगारीमा गएका श्रमिकको लगानीमा जलविद्युत आयोजना संचालन गर्ने ।
३. नेपाली श्रमिकहरु ठुलो संख्यामा जाने सबैजसो देशहरुसँग श्रम सम्झौता गरी त्यसलाइ प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।हाल ९ देशसँग मात्र यस्तो सम्झौता भएको छ ।
४. श्रमिकहरु वैदेशिक रोजगारीमा जानु अघि नेपालमा वैंक खाता खोल्नै पर्ने व्यवस्था गर्ने र वैदेशिक रोजगारीको सिलसिलामा कमाएको रकम वैंक मार्फत मात्र पठाउने व्यवस्था गर्ने ।
५. दण्डहिनताको अन्त्य गर्ने र जनताले अनुभूति हुने गरी विधिको शासन कायम गर्ने ।
६. वैदेशिक रोजगारमा जान चाहने कामदारलाई विना धितो सहुलियतपूर्ण कर्जाको व्यवस्था गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने ।
७. रोजगार सम्बन्धी काम गर्ने सरकारी संयन्त्रलाई कम्तिमा प्रदेश स्तरसम्म विस्तार गर्ने ।
८. रोजगार व्यवस्थापन सूचना प्रणाली लाई प्रभावकारी बनाउने ।
९. श्रम कूटनीति (labour diplomacy) लाई प्रभावकारी बनाउने । रोजगारीको लागि तुलनात्मक लाभ भएका रोजगार गन्तब्य मुलुकहरुको खोजी गर्ने र उक्त मुलुकमा नेपाली श्रमिकको हक हित संरक्षण र सम्वद्र्धनको लागि विशेष पहल गर्ने ।

निष्कर्ष
अहिले नै ५६ लाख भन्दा बढी नेपालीहरु रोजगारीको सिलसिलामा विदेशमा रहेका र बार्षिक करिव ५ लाख ब्यक्ति श्रम बजारमा प्रवेश गरीरहेका छन् । विविध कारणले देशभित्र वैदेशिक लगानी आउन नसकेकोले कृषि, उद्योग, पर्यटन, व्यापार सबै क्षेत्रको अवस्था सन्तोषजनक नभएकोले आगामी केही दशकसम्म नेपालमा वैदेशिक रोजगारीको विकल्प देखिदैन । तसर्थ वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, भरपर्दो, उच्च प्रतिफलयुक्त बनाउने र प्राप्त विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्नु नै आजको समयको माग र देशको आवश्यकता हो ।

Tags :
प्रतिक्रिया दिनुहोस