बजेट निर्माणमा सांसदको कुनै भूमिका छैन : अनिल झा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बजेट निर्माणमा सांसदको कुनै भूमिका छैन : अनिल झा


२९ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद अनिल झाले बजेट निर्माणका क्रममा सांसदहरूको कुनै भूमिका नरहेको भन्दै असन्तुष्टि जनाएका छन् ।

प्रतिनिधिसभाको आज (आइतबार)को बैठकमा झाले सांसद पदको अपमान गरिएको बताए ।

सरकारले प्रस्तुत गरेको बजेटमा सबै सांसदसँग सल्लाह नगरेको सांसद झाले बताए । बजेट निर्माणमा सांसदहरूको पनि सक्रिय भूमिका बनाउन संसद् र सरकारले ध्यान दिनुपर्ने उनको धारणा थियो ।

सांसदहरूले भनेका योजना र नीति बजेटमा नराखिएको झाको भनाइ थियो । जनताबाट प्रत्यक्ष निर्वाचित हुने सबभन्दा ठुलो जिम्मेवारीको पद मानिन्छ, सांसदहरूको यो बजेट निर्माणमा के भूमिका छ ? कुनै भूमिका छैन, उनले भने, सांसदहरूले के यो बजेटको किताबमाथि मेरो पनि यसमा संलग्नता छ, मैले भनेका चिजहरू पनि यसमा संलग्न छन् भन्ने कुनै ठाउँ छ ? कुनै पनि ठाउँ छैन । त्यसैले सम्पूर्ण सांसदहरूको, सिङ्गो संसद्को यसमाथि स्वामित्व रहनुपर्छ । म बडो लज्जासाथ भन्न चाहन्छु कतिपय मामिलामा आजका हामी सांसदहरूभन्दा वडाध्यक्षहरूलाई आम जनताले बढी क्रियाशील रहेको देख्छ । यो ग्राउन्ड रियालिटी हो । यो कुरालाई यो संसद्‌ले यो सरकारले नोट गर्नुपर्दछ ।’

Tags :
प्रतिक्रिया दिनुहोस