सर्वोच्चले फैसला उल्टाएको भोलिपल्टै पूर्व डिआइजी कोइराला पक्राउ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सर्वोच्चले फैसला उल्टाएको भोलिपल्टै पूर्व डिआइजी कोइराला पक्राउ


१३ जेष्ठ २०७९, शुक्रबार


काठमाडौँ । सशस्त्र प्रहरी बलका पूर्व डिआइजी रञ्जन कोइराला पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कोइरालाले काठमाडौँबाट पक्राउ गरेको हो ।

सर्वोच्च अदालतले हिजो (बिहीबार) आफ्नै फैसला उल्टाउँदै कोइरालालाई सर्वस्वसहित जन्मकैद गर्ने उच्च अदालतको फैसला सदर गरेको थियो ।

सम्बन्धित समाचार : सर्वोच्चले उल्ट्यायो कोइरालाको कैद मिनाहाको फैसला

त्यसअघि सर्वोच्च अदालतले जन्मकैदलाई ८ वर्ष ६ महिनामा झारेपछि कोइराला गत असारमा छुटेका थिए।

आफ्नै श्रीमतीको हत्यामा दोषी ठहर गर्दै उनलाई जिल्ला र उच्च अदालतले सर्वस्वसहित जन्मकैद सुनाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस