पेट्रोलियम पदार्थ लगायतमा सरकारले गरेको मूल्यवृद्धि फिर्ता लिन राप्रपाको माग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

पेट्रोलियम पदार्थ लगायतमा सरकारले गरेको मूल्यवृद्धि फिर्ता लिन राप्रपाको माग


९ जेष्ठ २०७९, सोमबार


काठमाडौँ । राप्रपाले पेट्रोलियम पदार्थ लगायतमा सरकारले गरेको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ।

आज (सोमबार) अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति निकालेर पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासमा भएको मूल्यवृद्धि अव्यवहारिक तथा आपत्तिजनक भएको उल्लेख गरेका छन् ।

उनले मूल्यवृद्धि फिर्ता लिन सरकारसँग माग गरेका छन् ।

पेट्रोलियम पदार्थमा राज्यले भन्सार र विभिन्न शीर्षकमा लिइरहेको करसमेत पुनर्विचार गर्दै मूल्यवृद्धि नियन्त्रण गर्न पनि उनले माग गरेका छन् ।

वैकल्पिक ऊर्जाको आवश्यक कार्ययोजना ल्याउन पनि राप्रपाले माग गरेको छ।

सरकारले आइतबार पेट्रोलियम पदार्थ र खाना पकाउने ग्यासको मूल्य वृद्धि गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस