बिर्तामोडमा प्रमुख र उपप्रमुखमा एमाले विजयी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

बिर्तामोडमा प्रमुख र उपप्रमुखमा एमाले विजयी


६ जेष्ठ २०७९, शुक्रबार


झापा । बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी बनेको छ ।

प्रमुखमा पवित्रा महतरा र उपप्रमुखमा नगेन्द्र सङ्ग्रौला विजयी बनेका हुन् । महतराले नेपाली काँग्रेसका भोजराज सिटौलालाई तीन हजार ७५८ मतले पराजित गरेका छन् । उनले १६ हजार ५२० मत प्राप्त गरेका छन् भने सिटौलाको १२ हजार ७६२ मत मात्र आएको छ ।

यसैगरी उपप्रमुखमा सङ्ग्रौला १५ हजार ५८६ मत प्राप्त गरी विजयी बनेका हुन् । उनका निकटमा प्रतिस्पर्धी सिपी कडरियाले आठ हजार ४५१ मत प्राप्त गरेका छन् ।

यसअघिको कार्यकाल बिर्तामोडको उपप्रमुख रहेकी महतरा जिल्लामा नगरपालिकाको प्रमुखमा निर्वाचित हुने पहिलो महिला बनेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस