भरतपुरको मतगणना पुनः सुरु  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भरतपुरको मतगणना पुनः सुरु 


१ जेष्ठ २०७९, आइतबार


चितवन । चितवनको भरतपुर महानगरपालिकामा विवादका कारण आज (आइतबार) केही बेर स्थगित भएको मतगणना पुनः सुरु भएको छ ।

वडा नम्बर–२ को एउटा मतपत्रमा अस्वाभाविक मसीको प्रयोग भएको पाइएपछि त्यो मत निर्वाचन आयोगले बदर भएको घोषणा गरेको थियो । 

त्यसमा नेकपा (एमाले)ले विरोध जनाएपछि मतगणना नै स्थगित गर्नुपरेको थियो ।

सर्वदलीय छलफलपछि एमाले त्यो मतलाई बदर नै मानेर पुनः गणनाका लागि तयार भएपछि गणना सुरु गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

सम्बन्धित समाचार : भरतपुर महानगर अपडेट : एमालेको विरोधपछि मतगणना रोकियो

Tags :
प्रतिक्रिया दिनुहोस