गुल्मीदरवार गाउँपालिका अध्यक्ष काँग्रेसका थापा निर्वाचित « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

गुल्मीदरवार गाउँपालिका अध्यक्ष काँग्रेसका थापा निर्वाचित


१ जेष्ठ २०७९, आइतबार


काठमाडौँ । गुल्मीको गुल्मीदरवार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेपाली काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा सरोज थापा र उपाध्यक्षमा तारा थापा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित थापाले नेकपा एमालेका उम्मेदवार कृष्ण भुसाललाई ५६४ मत अन्तरले हराएका छन् । थापाले ६ हजार १६६ र भुसालले ५ हजार ६०२ मत पाएको निर्वाचन अधिकृतको कार्यालय गुल्मीले जनाएको छ ।

यसैगरी उपाध्यक्ष पदमा नेपाली काँग्रेसकी तारा थापाले एमाले उम्मेदवार सुशीला पुनलाई ५९९ मत अन्तरले हराइन् । ताराले ६ हजार १८८ मत पाउँदा सुशीलाले ५ हजार ५८९ मत पाइन् ।

गुल्मी दरबार गाउँपालिकामा रहेका ७ वटा वडामध्ये ४ वटा वडामा नेपाली काँग्रेस र ३ वटा वडामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नेपाली काँग्रेसबाट वडा नम्बर १ मा राजेन्द्र कँडेल, ३ मा रामबहादुर थापा, ६ मा मुकेश थापा र ७ मा सालिकराम टण्डन निर्वाचित भएका छन् ।

नेकपा एमालेबाट वडा नम्बर २ मा विष्णु गौतम, ४ मा देवीराम पोखरेल र ५ मा गुणनिधि पौडेल निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गुल्मी दरबार गाउँपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा पनि नेपाली काँग्रेस नै विजयी भएको थियो ।

यस पटकको निर्वाचनमा गुल्मीको रेसुङ्गा नगरपालिका पनि नेपाली काँग्रेसले जितेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस