मध्यविन्दुको मतगणना सुरु « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मध्यविन्दुको मतगणना सुरु


३१ बैशाख २०७९, शनिबार


नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाको मतगणना सुरु भएको छ ।

जिल्लाको सात वटा स्थानीय तहमा शुक्रबार रातिदेखि नै मतगणना सुरु भएको भए पनि मध्यविन्दुमा भने आज साँझ ६ः३० बजेदेखि मतगणना सुरु भएको हो ।

मतगणना गर्ने विषयमा बसेको सर्वदलीय बैठक कुनै निर्णय आउन सकेको छैन ।

दलले निर्णय लिन नसकेपछि मतगणना सुरु भएको मध्यविन्दु नगरपालिकाका निर्वाचन अधिकृत महेन्द्र पौडेलले जानकारी दिए ।

सदर गर्ने मत र बदर गर्ने मतको विषयमा सहमति जुटेपछि मध्यविन्दुको वडा नं १ बाट मतगणना सुरु गरिएको पौडेलले बताए ।

पन्ध्र वटा वडा रहेको मध्यविन्दु नगरपालिकाको मतगणना वडा नं १ मा सकिएपछि १५ को गर्ने र १५ को सकिएपछि २ को गर्ने गरी तयारी भएको पौडेलले बताए ।

चौवालीस हजार ९६४ मतदाता रहेको मध्यविन्दु नगरपालिकामा ३२ हजार ८९३ मत खसेको थियो ।

मतगणना भइरहेको वडा नं १ मा दुई हजार २०८ मत खसेको जिल्ला निर्वाचन अधिकारी लालप्रसाद शर्माले जानकारी दिए ।

मध्यविन्दु नगरपालिकामा पाँच दलीय गठबन्धनको तर्फबाट नगरप्रमुखमा नेपाली काँग्रेसका सूर्य गुरुङ र नेकपा (एमाले)का तर्फबाट भीमलाल अधिकारी उम्मेदवार छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस