भरतपुर महानगर अपडेट : विजयले पुनः लिए अग्रता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भरतपुर महानगर अपडेट : विजयले पुनः लिए अग्रता


३१ बैशाख २०७९, शनिबार


चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा एमालेका विजय सुवेदीले पुनः अग्रता लिएका छन् ।

भरतपुर महानगरपालिका वडा नं. १ को ४०० मत मत गणना गर्दा सुवेदीले माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई उछिनेका हुन् ।

सुवेदीले १५० मत ल्याउँदा दाहालले १४० मत ल्याइन् । यस्तै, उपमेयरमा नेपाली काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १८० मत ल्याएका छन् भने राप्रपाकी हिमला गुरुङले १०६ मत ल्याइन् ।

वडा नं १ मा वडाध्यक्षका एमाले उम्मेदवार शुक्र श्रेष्ठले १६० र काँग्रेसका केशव महर्जनले १८१ मत ल्याएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस