तारकेश्वरमा काँग्रेसले लियो अग्रता « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

तारकेश्वरमा काँग्रेसले लियो अग्रता


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसले अग्रता लिएको छ ।

३ हजार ८७२ मत गणना हुँदा काँग्रेसका उम्मेदवार कृष्णहरि महर्जनले १ हजार ६३८ मतका साथ अग्रता लिएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामेश्वर बोहोराले १ हजार ३५१ मत प्राप्त गरेको नगरपालिकाका निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिइन् ।

यस्तै, उपप्रमुखमा नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना बुर्लाकोटीले १ हजार ५५७ र नेकपा एमालेकी उम्मेदवार भवानी डोटेलले १ हजार ३६२ मत प्राप्त गरेकी छन् ।

कुल ११ वडा रहेको तारकेश्वर नगरपालिकामा ३५ हजार ८२ मतदाता रहेकोमा २६ हजार ७०२ मत खसेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस