बुटवल उपमहानगर–१ मा काँग्रेसका बागी उम्मेदवार बस्नेत विजयी « प्रशासन
Logo २६ बैशाख २०८१, बुधबार
   

बुटवल उपमहानगर–१ मा काँग्रेसका बागी उम्मेदवार बस्नेत विजयी


३१ बैशाख २०७९, शनिबार


बुटवल । बुटवल उपमहानगरपालिका वडा नं. १ मा काँग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन् ।

२०७४ को चुनावमा पनि काँग्रेसबाट वडाध्यक्ष उम्मेदवार रहेका उनी एमालेका महेन्द्र लिगलसँग पराजित भएका थिए । तर यस पटक पार्टीले माधव प्रधानलाई टिकट दिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । त्यसपछि उनलाई पार्टीले कारबाही गरेको थियो ।

बस्नेत विजयी हुँदा एमालेका महेन्द्र लिगल दोस्रो स्थानमा र काँग्रेसका आधिकारिक उम्मेदवार माधव प्रधान तेस्रो स्थानमा छन् ।

वडा सदस्यहरु चारै जना काँग्रेसका विजयी भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस