मनाङको चामेबाट एमालेको विजयी सुरुवात, घले फेरि बने अध्यक्ष « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

मनाङको चामेबाट एमालेको विजयी सुरुवात, घले फेरि बने अध्यक्ष


३१ बैशाख २०७९, शनिबार


काठमाडौँ । मनाङको चामे गाउँपालिकाबाट नेकपा एमालेले स्थानीय निर्वाचन २०७९मा जितको खाता खोलेको छ । चामे गाउँपालिकाको अध्यक्ष पदमा पुनः एमालेका लोकेन्द्रबहादुर घलेले जित हात परेका छन् ।

उनी ३२० मतसहित विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका छिरिङ ध्वर्जे लामाले २७९ मत पाए ।

घले यसअघि पनि चामे गाउँपालिकामा अध्यक्ष थिए । उनले २०७४ सालको निर्वाचनमा २१४ मत ल्याएर जित हात पारेका थिए ।

चामे गाउँपालिकाको उपाध्यक्षमा नेपाली काँग्रेसकी मिङ्मर डोल्मा लामा ३२५ मत ल्याएर विजयी भएकी छिन् । एमालेकी आशाकुमारी गुरुङले २७४ मत मात्रै पाइन् ।

चामेको वडा नम्बर १ को अध्यक्षमा एमालेका र २ नम्बरमा काँग्रेसका वडाध्यक्ष निर्विरोध निर्वाचित भएका थिए । वडा ३ र ४ मा पनि नेपाली काँग्रेसकै उम्मेदवार विजयी भएका छन् । वडा नम्बर ५ मा वडा अध्यक्षमा दुवै दलका उम्मेदवारले ३०–३० मत पाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस