दोलखामा मात्र २३ राउन्ड हवाई फायर, बागमतीका अन्य ५ जिल्लामा पनि हवाई फायर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

दोलखामा मात्र २३ राउन्ड हवाई फायर, बागमतीका अन्य ५ जिल्लामा पनि हवाई फायर


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । स्थानीय निर्वाचनको आज (शुक्रबार) भइरहेको मतदानअन्तर्गत बागमती प्रदेशका ६ जिल्लामा प्रहरीले हवाई फायरिङ गर्नु परेको छ ।

दोलखामा सबैभन्दा बढी २३ राउन्ड हवाई फायर भएको बागमती प्रदेश प्रहरी प्रमुख पूजा सिंहले जानकारी दिइन् ।

रामेछापमा १५, सिन्धुपाल्चोकमा ४, धादिङमा ३ तथा नुवाकोट र काभ्रेमा १/१ राउन्ड हवाई फायर भएको प्रहरीले जनाएको छ ।

डिआइजी सिंहका अनुसार रामेछापको खाँडादेवी गाउँपालिका(१ को मतदान मात्र स्थगित भएको र अन्य केही ठाउँमा स्थगितको सम्भावना रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस