लोकतान्त्रिक अभ्यासबाट घर आँगनको सरकार छानौँ : उपाध्यक्ष पौडेल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

लोकतान्त्रिक अभ्यासबाट घर आँगनको सरकार छानौँ : उपाध्यक्ष पौडेल


३० बैशाख २०७९, शुक्रबार


लुम्बिनी । नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपालको संवैधानिक व्यवस्था बमोजिम स्थानीय सरकार नेपाली जनताको घर आँगनको सरकार भएकाले लोकतान्त्रिक प्रक्रियाबाट यस्तो सरकार छानौँ भनेका छन् । 

उनले आज देशैभरि स्थानीय सरकार निर्माणका लागि भइरहेको मतदान लोकतान्त्रिक अभ्यासको सुन्दर उदाहरण भएको पनि बताए । 

आज बिहान बुटवल उपमहानगरपालिका वार्ड नं ८ स्थित मतदान केन्द्रमा मतदान गरेपछि पत्रकारहरुसँग छोटो कुराकानी गर्दै पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलले आफ्नो विवेकको प्रयोग गरी नागरिकले घर आँगनका सरकार छान्न नागरिकलाई आग्रह गरेका हुन् ।  

उनले निर्वाचनको माध्यमबाट शक्तिशाली स्थानीय सरकार निर्माण गर्ने जन चाहना पूरा भएको भन्दै यस निर्वाचन र यसपछिको नेतृत्वले जनता र जनप्रतिनिधीबीचको सम्बन्धलाई जीवन्त बनाउने विश्वास व्यक्त गरे । 

Tags :
प्रतिक्रिया दिनुहोस