सर्लाहीमा सेना परिचालन गरेर मतदान कार्य सञ्चालन « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सर्लाहीमा सेना परिचालन गरेर मतदान कार्य सञ्चालन


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । सर्लाहीमा नेपाली सेना परिचालन गरेर मतदान कार्य सञ्चालन गरिएको छ ।

कौडेना गाउँपालिकामा दलका कार्यकर्ताहरूबीच झडप भएपछि सेना परिचालन गरिएको हो ।

कौडेना–६ स्थित जनता आधारभूत मतदान स्थलमा पटक–पटक झडप भएपछि सेना परिचालन गरिएको बताइएको छ ।

यहाँ नेपाली काँग्रेस, लोसपा र जसपाका कार्यकर्ताबीच विवाद भएको थियो । सेना परिचालन गरेर मतदान कार्यलाई अघि बढाइएको छ ।

यस्तै, सर्लाहीकै लालबन्दी नगरपालिका रामनगरस्थित पुरानो गाविस भवन मतदान केन्द्रमा ढुंगामुढा भएको छ ।

प्रशासनले स्थिति सामान्य बनाउन केही राउन्ड हवाई फायर गरेको थियो । यहाँ केही बेरअघिबाट मतदान पनि सुरु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस