काभ्रेको चौरीदेउराली-६ मा मतपेटिका तोडफोड, मतदान स्थगित गरेर सर्वदलीय बैठक जारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

काभ्रेको चौरीदेउराली-६ मा मतपेटिका तोडफोड, मतदान स्थगित गरेर सर्वदलीय बैठक जारी


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । काभ्रेको चौरीदेउरालीमा मतपेटिका तोडफोड गरिएको छ ।

चौरीदेउराली गाउँपालिका–६ स्थित कात्तिके देउरालीमा रहेको प्रभा बहुमुखी क्याम्पस केन्द्रमा एक व्यक्तिका नाममा अर्कैले भोट हालेको भन्दै विवाद भएपछि तोडफोड भएको हो । तोडफोडपछि मतदान स्थगित गरेर सर्वदलीय बैठक जारी छ ।

तोडफोड भएका कारण खसिसकेको मत के गर्ने भन्ने विषयमा निर्णय नहुँदा पुनः मतदान सुरु हुन नसकेको काभ्रे प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस