रामेछापको दोरम्बा सैलुङ र खाँणदेवीमा झडप, प्रहरीद्वारा ७ राउण्ड हवाई फायर « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रामेछापको दोरम्बा सैलुङ र खाँणदेवीमा झडप, प्रहरीद्वारा ७ राउण्ड हवाई फायर


३० बैशाख २०७९, शुक्रबार


काठमाडौँ । रामेछापको दोरम्बा सैलुङ र खाँणदेवीमा झडप भएपछि प्रहरीले हवाई फायर गरेको छ।

खाँणदेवी गाउँपालिकास्थित वडा नम्बर १ राकाथमा मतदान केन्द्रमा दुई पक्षबिच झडप भएको हो। झडप नियन्त्रणका लागि प्रहरीले ७ राउण्ड हवाई फायर गरेको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले जानकारी दिए।

झडप पछि राकाथामा मतदान केन्द्रको मतदान प्रभावित भएको छ।

यस्तै दोरम्बा सैलुङ गाउँपालिकाको मानपुर कृष्ण मावि मतदान केन्द्रमा दुई पक्षीय झडप भएको छ।

बाहिर झडप भए पनि भित्र मतदान चलिरहेको प्रमुख जिल्ला अधिकारी पहाडीले जानकारी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस