वर्षाले हिलाम्मे भएपछि दाङको मतदान केन्द्र सारियो « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

वर्षाले हिलाम्मे भएपछि दाङको मतदान केन्द्र सारियो


२९ बैशाख २०७९, बिहिबार


दाङ । दाङमा आज (बिहीबार) परेको पानीले तुलसीपुरको मतदान केन्द्र हिलाम्मे भएपछि अर्को ठाउँमा स्थानान्तरण गरिएको छ ।

तुलसीपुर उपमहानगरपालिका-५ स्थित अरनिको मैदानमा रहेको निर्वाचन केन्द्र पानी परेर हिलाम्य भएपछि नजिकै रहेको तुलसी बोर्डिङ स्कुलमा सारिएको हो ।

खुला मैदानमा पाल लगाएर तयार गरिएको मतदान केन्द्र निरन्तर वर्षाका कारण हिलाम्मे बनेपछि अर्को ठाउँमा सारेको तुलसीपुर उपमहानगरपालिकाका मतदान अधिकृत राजेश्वर अर्यालले बताए ।

सर्वदलीय बैठकपछि मतदान केन्द्र स्थानान्तरण गरिएको अर्यालको भनाइ छ । विगतको निर्वाचनमा अरनिको मैदानमा मतदान हुँदै आएको थियो ।

‘वर्षाका कारण मतदान केन्द्र हिलाम्मे बनेपछि नजिकैको स्कुलमा सार्नु पर्ने भयो’, उनले भने, ‘वर्षा भए मतदान प्रभावित हुने देखिएपछि मतदान केन्द्र नजिकैको स्कुलमा सारिएको छ ।’

दाङमा मतदानस्थल १ सय ५३ र मतदान केन्द्र ४ सय ६१ तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस