मास्टरसेफ सन्तोष साहमाथि फिल्म बन्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मास्टरसेफ सन्तोष साहमाथि फिल्म बन्दै


२९ बैशाख २०७९, बिहिबार


काठमाडौँ । चर्चित नेपाली सेफ सन्तोष साहको जीवनमाथि फिल्म बन्ने भएको छ ।

‘सेतो सूर्य’ फेम्ड निर्देशक दीपक रौनियारले उक्त फिल्मलाई निर्देशन गर्ने भएका छन् ।

। ‘कन्भर्सेसन सुरु भएको छ । कहिलेदेखि फिल्म सुरु हुन्छ भन्नेबारे टुङ्गो लागिसकेको छैन,’ रौनियारले भने, ‘न्यारेटिभ, डकुमेन्ट्री र डकुड्रामा कुन फिल्म बन्छ निधो लागिसकेको छैन ।’ तर फिल्म निर्माण निश्चित भएको उनले बताए ।

अहिले नेपालमा रहेका साह र रौनियार दुवैले भेटघाट गर्दै फिल्म निर्माणको छलफल थालेका हुन् ।

फिल्ममा १४ वर्षको उमेरमा भारत पसेका सन्तोषको मास्टरसेफसम्मको यात्रालाई चित्रण गरिने जनाइएको छ ।

‘उहाँको जीवन प्रेरणादायी र रोचक छ,’ दीपकले भने । नौ वर्षको उमेरमा ढल सफा गर्दै परिवारको आर्थिक आवश्यकता पूरा गरेका सन्तोष १४ वर्षमा भारत पुगेर भाँडा माझ्ने काम गरेका थिए ।

सन् २०१० मा लन्डन पुगेका सन्तोष सन् २०२० मा बिबिसीको पाककला सम्बन्धी टिभी रियालिटी शोमा सेकेन्ड रनर अप घोषित भएका थिए ।

नेपाली परिकारलाई विश्वव्यापी चर्चित बनाउने आफ्नो सपना रहेको बताउने सन्तोषलाई हालै सरकारले पर्यटन दूत समेत घोषित गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस